Thursday, February 9, 2017

सकियो हिमालयनको रजत जयन्ती÷थाहालाई शैक्षिक क्षेत्रको रुपमा विकास गर्ने जिल्ला शिक्षा अधिकारी थापाको भनाई

जनक लामा
२७ माघ थाहा नगर
थाहा नगर धेरै सम्भावना बोकेको क्षेत्र भएकोले यस क्षेत्रलाई शैक्षिक क्षेत्रको रुपमा विकास गर्ने जिल्ला शिक्षा अधिकारी विरेन्द्र जंग थापाले बताउनु भएको छ । हिमालयन बोर्डिङ स्कूल थाहा ८ को रजत जयन्तीको समापनको अवसरमा बोल्नु हुदौ प्रमुख अतिथि सुमेत रहनु भएका थापाले यस्तो बताउनु भएको हो । थापाले भने “विद्यालय सञ्चालन मात्रै ठूलो कुरा होईन आदर्श विद्यालय बनाउन सके मात्रै विद्यालय हुन्छ । यसको लागि शिक्षक पनि आजर्द हुनु पर्छ । अझ भनौ सिकाई पनि आदर्श हुनु पर्छ ।” उनले वर्तमान समयमा भएको प्रविधिको विकासलाई शिक्षा संग जोडनु भएको थियो । आवाज ०१ वि.सं. २०४८ सालमा स्थापना भएको विद्यालयले माघ २५ गतेबाट रजत जयन्तीको उद्घाटन गर्दैै विविभ प्रतियोगिता समेत सञ्चालन गरेको थियो । विद्यालयका व्यवस्थापन समितिका सदस्य घनश्याम थापाको सभदक्षतमा तथा ९म्ीएक्ष्ख्० डि एल पी आई भि जिल्ला आयोजना कार्यन्वयन ईकाई प्रमुख प्रेम केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । विद्यार्थीमा भएको भित्री पतिभालाई प्रस्फुटन गर्न पर्ने बताउनु हुन्छ पुन थापा ः आवाज ०२ संस्थापक तथा जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्की, हिमालयनका प्रधानाध्यापक कुमार गुरुङ, विद्यालय निरिक्षक लक्ष्मण दहाल, पालुङ भ्याली हर्ट एकेडमिकाका प्रधानाध्यापक सुरेन्द्रमान प्रधान, लियो क्लब थाहा नगरका अनित विष्ट भूत पूर्व विद्यार्थी विकास केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थियो । विद्यालय निरिक्षेक लक्ष्मण ढकालले विद्यार्थीले कति नम्बर ल्याए भन्दा पनि कति जाने कति सिके भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । साथै सस्थापक सानोभाई कार्कीले विद्यालयमा राजनिती नहुने शिक्षकले राजनीति नगर्ने र शिक्षक बन्न साह्ै गाहे हुने बताउनु भएको थियो । पालुङ भ्याली हर्ट एकेडमिकाका प्रधानाध्यापक सुरेन्द्रमान प्रधानले भने संस्थागत विद्यालयमा सबैको ध्यान केन्द्रित हुन थालेको बताउनु भयो । सुमित केसी, दिक्षा कार्की, निषा विष्ट, प्रसान्त कुईकेल र शिक्षक सञ्जय गोपालीले सञ्चालन गर्नु भएको कार्यक्रममा कक्षा १० का स्मृति कार्कीले स्वगत मन्तव्य व्यक्त गर्नु भएको थियो । साथै रजत जयन्ती अवधी भरमा भएको प्रतियोगिताहरुको विजेताहरुलाई आज नै पुस्कार वितरण, विद्यालयको स्मारिका विमोचान, पूर्व विद्यार्थी सम्मान, उत्कृट अंक ल्यान सफल विद्यार्थी सम्मन, शिक्षामा विशेष योगदान पु¥याउने शिक्षकलाई समेत सम्मान गरिएको थियो । २०६० सालमा एसएलसीको अनुमति प्राप्त गरी सत प्रतिशत नतिजा ल्याउन सपल विद्यालयमा अहिले करिब ४ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

No comments:

Post a Comment