कसैले सोध्दा
ठेगाना बताउन मिल्ने
एउटा घर थियो
ढल्यो !!....२
ढल्यो !
चराले चुच्चोमा बोकेर
ल्याएको
घाम खसाल्ने धुरी
मैले जीवनमा
पहिलो पटक टेकेको मझेरी !! .....२
पुरानो कन्तुर
र बढो दुखले साचेका लालपुर्जा
सबथोक पुरियो
खस्यो
भित्तामा झुन्डिएका
भगवानका तस्विरहरु
र छेवैमा मुस्कुराइरहेको
आदिकविको जुँगा
सबथोक पुरियो
जब
जब
देखे आमालाई आँगनमा
भक्कानिएर रोए म !.....२
मेरा भिजेका आँखा पुछिदिदै
भीरमा फुलेका सुनाखरी झैँ
स्वतन्त्र मुस्कुराएर
भन्नुभयो आमाले
बाबू !
अब तिमीले कहिल्यै
आफ्ना पूर्खाहरु बस्दै
आएको घरभित्र पस्नुपर्दैन !! ......२
मैले यति बुझे ..........२
आनन्दले निदाउन त
आफ्नै घर ढल्नु पर्दो रहेछ !!
Harshit Thapa
Class-10
REMARKS: FISRT PRIZE WINNER IN JAYCESS 3 DAYS PROGRAMME HELD ON 11th MANGSIR 2072.......................
No comments:
Post a Comment