Friday, December 4, 2015

देशको हालत

आकाशको बादलमा मेरो देशको आकार
संविधान बन्यो तर होला जस्तो छ बेकार
आफ्नो देशको जनता देख्दा लाग्छ मलाई धिक्कार
खान नपाएर मान्छे बन्न आँटे मृत्युको सिकार !!

इन्धन नपाएर गाडी चल्न पनि छोडे
भारतीयहरुले नेपाली नागरिकताको विश्वास नै तोडे
नेपाली हरुले अब चीनसंग सम्बन्ध जोडे
जीवनको हिडाईमा आफ्नो गाह्रो बाटो मोडे !!

नेपाललाई सहयोग गर्ने देश पाउँदा
अलिअलि खुशी लाग्छ सुधार हुन आउँदा
मान्छेहरु पटकपटक पेट्रोल पम्प धाउँदा
कति नराम्रो लाग्यो यहा अन्धकार छाउदा !!

भारतले हाम्रो मनमा भरिदियो निराशा
ग्यास  पाउछ की भनेर छ मनमा आशा
अब त सिक्न पर्यो चिनियाको भाषा
जान पर्यो पेट्रोल लिन खासा र ल्हासा !!

Sabina Upadhayaya
Class-7
2072/08/11



No comments:

Post a Comment