Friday, December 4, 2015

मेरो देश

सैयौ भेष भुषा मिलेर बनेको छ मेरो देश
संस्कृति र परम्पराले भरिएको छ मेरो देश !

अरनिको, बुद्ध अनि भृकुटीको देश 
मादलु र बिनायोमा रम्छ मेरो देश !

विश्वलाई समेटेर अघि बढौ भन्छ
अरु देश संग मित्रताको भावना राखौ भन्छ !

अनेकतामा एकताको लेक चदौ भन्छ
आफु नेपाली हु भनेर गर्व गरौ भन्छ !

वीर पूर्खा बलभद्र जस्तै वीर बनौ भन्छ 
हिंसाको साथ कहिले नदिऊ भनेर रम्छ ! 

डाँफे नाचेको देखेर आहा भन्छ देश 
सगरमाथाको देश भनी अभिमान गर्छ देश !

प्रकृतिमा भरिपूर्ण छ मेरो देश 
हिमाल, पहाड , तराई मिलेर बनेको छ मेरो देश !!



Shristi Karki
CLASS-7
2072/08/11

No comments:

Post a Comment